Tuesday, December 21, 2021

डिगबहादुर लिम्बू त्रिभुवन बिश्वबिद्धालय द्वारा दिक्षित


लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ ।

मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो ।

लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले छेक्दैन भन्ने अठोटका साथ लिम्बुले कक्षा ११ देखि अध्ययन सुरु गर्नुभएको हो । ११ कक्षा देखिनै निरन्तर उतिर्ण हुँदै लिम्बुले गत बर्ष मास्टर डिग्री हासिल गर्नुभएको हो ।

एसएलसी उतिर्ण गरेपछी लिम्बुले लेटाङकै शान्तिभगवती माबिमा पढाउन थाल्नु भयो । केही बर्ष पढाएपछि समाज बदल्न राजनिती मुल कुरा रहेको निश्कर्ष निकाल्दै राजनितीमा होमिनुभएका लिम्बुले अध्ययनलाई निरन्तरता दिन सक्नुभएन । पढाईको महत्व बुझे पनि परिस्थितिले कलेज जान सक्ने अवस्था रहेन । संविधान सभाको सदस्य भएपछी पढाइ बिनाको राजनिती समेत अपुर्ण हुने रहेछ भन्ने सोचेर ११ कक्षामा भर्ना हुनुभयो । काठमान्डौको वाट  प्लसटु र  स्नातक पूरा गर्नुभएका लिम्बुले मास्टर डिग्री भने स्नातकोत्तर कलेज बिराटनगरबाट गर्नुभएको हो ।

पढ्ने धोको अझै पूरा नभएको लिम्बुले हामी संगको कुराकानिमा बताउनुभयो । उहाँ पिएचडि गर्ने सोचमा रहनुभएको जानकारी दिनुभयो । नेपाली कांग्रेस  मोरङ जिल्ला सभापतिमा समेत निर्वाचित हुनुभएका लिम्बुले समाज लाई सुसस्कार , विकसित , आधुनिक बनाउन समाजका हरेक मानिसले पढ्न आवश्यक रहेको बताउनुहुन्छ ।

Friday, April 9, 2021

पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व , इनेपालपत्रका सम्पादक निरौला सहसचिबमा निर्वाचित

पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व , इनेपालपत्रका सम्पादक निरौला सहसचिबमा निर्वाचित:

विराटनगर , २७ चैत । नेपाल पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व आएको छ । अध्यक्षमा प्रेस युनियन गठबन्धनका शंकर खरेल र प्रेस चौतारीका सञ्जीव खनाल बिच प्रतिस्पर्धा भएको थियो । चौतारी तर्फका उम्मेद्बार खनाल अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार भएको मत गणनाको अन्तिम नतिजामा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलका शंकर खरेललाई […]